CDS-Park, Mugu ले युवाहरुको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार सुनिश्चितताको लागि कर्णाली प्रदेश क्षेत्र भित्र रहेर विभिन्न कार्यक्रमहरु गर्ने सन्दर्भमा अनलाइन खुल्ला देउडा गीत प्रतियोगिता गर्ने भएकोले उक्त प्रतियोगितामा सहभागि भै पुरस्कार जित्न यो सूचना प्रकाशित गरिएको छ ।
प्रतियोगिताका नियमहरु
१. सहभागि प्रतियोगीले देउडा गीत को भिडियो बनाएर CDS-Park, Mugu को ईमेल cdsparknepal@gmail.com मा तथा अफिसियल फेसबुक पेज https://bit.ly/3kRT7Pj मार्फत मेसज पठाउनु पर्नेछ,
२. भिडियो बनाउदा तपाईं सँग भएको मोबाइल बाट नै रेकर्ड गर्न सक्नु हुनेछ,
३. प्रतिस्पर्धी सहभागिहरुले प्रतिस्पर्धा सुरु हुने दिन भन्दा १ दिन अगाडि नै भिडियो पठाउनु पर्नेछ,
४. प्रतियोगि देउडा नितान्त नयाँ रचना हुनुपर्नेछ, र यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार सम्बन्धि जानकारी तथा चेतना मुलक हुनुपर्दछ,
५. कर्णाली प्रदेसका कुनैपनि जिल्लाबाट सहभागी हुन सकिनेछ,
६. सहभागिको भिडियोलाई CDS-Park, Mugu को अफिसियल फेसबुक पेज मार्फत पोस्ट गरिने छ,
७. पोस्ट भएको भिडियोलाई प्रतिपर्धीले सेयर गरेर प्रमोट गर्न सक्नु हुनेछ,
८. प्रतिस्पर्धामा सहभागि हुने हरेक सहभागिहरुलाई सहभागि भए बापत रु. १०० को मोबाइल रिचार्ज प्रदान गरिने छ,
सहभागिहरुलाई भोट गर्ने तरिका:
१. उक्त सहभागिलाई पोस्ट भएको मितिले ३ दिनसम्मको समयमा आफ्नो पोस्ट प्रमोट गर्न दिईनेछ र उक्त समय सम्ममा आएका सबै किसिमका रियाक्ट र सेयर लाई आधार मानेर भोट जोडीने छ,
२. इन्टरनेटको सुबिधा नभएको ठाउँबाट प्रतिस्पर्धीलाई भोट गर्न प्रतिस्पर्धीको कोड नम्बर टाईप गरेर ९८५८०२४१५१ मा मेसेज गर्न सकिनेछ ।
३. प्रतिस्पर्धिको भिडियो लाई निर्णयकले विषयबस्तुका आधारमा नम्बर प्रदान गर्नेछन् ।
४. यसरी आएको मेसेज, फेसबुक पोष्टमा आएका रियाक्ट, सेयर र निर्णयकले दिएको नम्बर लाई जोडेर विजेता घोषणा गरीने छ ।
५. CDS-Park, Mugu को अफिसियल पेजमा पोष्ट गरीएको पोस्टलाई नै सेयर र रियाक्ट गर्नु पर्नेछ, अन्य ठाउँमा पोस्ट गरेर आएको कुनै पनि भोट गणना हुनेछैन ।
अंक पाउने तरिकाहरु
१. मोबाइलमा मेसेज गरेमा ३ अंक
२. फेसबुक पोस्टको लव रियाक्ट गरेमा २ अंक
३. फेसबुक पोस्टको अन्य कुनै पनि रियाक्ट गरेमा १ अंक
४. फेसबुक पोस्ट सेयर गरेमा ३ अंक
५. निर्णायकले दिएको नम्बर
६. सबै भन्दा धेरै अंक प्राप्त गर्ने प्रतिस्पर्धीहरु मध्ये प्रत्येक दिन १ जनालाई विजेता घोषणा गरि रु. १००० को रिचार्ज वा नगद प्रदान गरिने छ साथै विजेता सहभागिको फोटो सहित CDS-Park, Mugu को फेसबुक पेज मार्फत पोस्ट समेत गरिने छ ।
नोट : प्रतिस्पर्धा सुरु हुने मिति २०७७ असोज १२ गते विहान ७:०० बजे देखि असोज २६ गते सम्म
यदि तपाईलाई कुनै थप जानकारी लिनुपर्ने भएमा ९८५८०२४१५१ र रेडियो मुगु ०८७४६०१४७ मा सम्पर्क गर्न सक्नु हुनेछ ।
कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र (सिडिस–पार्क), मुगु