यौन तथा प्रजनन् स्वास्थ्य विधेयक निर्माण सम्बन्धी प्रदेश स्तरीय एकदिने अन्तरक्रिया तथा बैठक आईतबार वीरेन्द्रनगरमा समपन्न भएको छ । कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र (सिडिएस — पार्क) मुगुको आयोजनामा सम्पन्न भएको बैठकमा कर्णाली प्रदेश सभाका सदस्य तथा सामाजिक विकास समितिका अध्यक्ष राजु नेपालीले स्वास्थ्य सम्बन्धीको बिधेयक बनिसकेको जानकारी दिनुभयो । बिधेयकमा छुटेका कुराहरुलाई छलफल गरेर मस्यौदाको रुपमा ल्याउने बताउनु भयो ।
कर्णाली प्रदेश सभा सदस्य पद्मा खड्काले असुरक्षित गर्भपतन र महिला हिंसा न्युनिकरण सुनिश्चित गर्नकालागी यस तर्फ सरकारको ध्यानाकर्षण हुनुपर्ने बताउनु भयो ।
कार्यत्र्रmमका सहभागीहरुले असुरक्षित गर्भपतनले महिलाको स्वास्थ्य अवस्था बिग्रिदै गएकाले कुनै पनि नारी अथवा महिलाले गर्भ रहेकै कारण ज्यान गुमाउन नपर्ने खालको बिधेयक ल्याउनुपर्ने जोड दिएका छन । तेस्रो लिङ्गिलाई पनि समाजमा बाच्न कठिन भएका बताउदै सहभागीहरुले कुनै पनि मानिस जन्मिदा केटी भएर जन्मलिए पनि पछि केटा बनेर हिड्न मनपरेमा पाउनु पर्ने उनीहरुको भनाई छ । हाम्रो समाजमा समलिङ्गि विवाहलाई मान्यता दिने परिपाटीको विकास भैनसकेकाले यस्तो विवाहले पनि मान्यता पाउनुपर्नेमा सहभागीहरुले जोड दिएका छन् ।

यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी अन्तरक्रिया
Posted on by cdspark
0