विगत ३ साता देखि सञ्चालनमा आएको रेडियो कार्यक्रम यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार सम्बन्धि एस.आर.एच.आर कचहरी कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
जिल्ला सदरमुकाम गमगढी बजारमा सञ्चालित एक गैर सरकारी संस्था कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र सिडिएस पार्क मुगुले पछिल्लो समय कर्णालीका जिल्लाहरुमा यौन तथा प्रजनन् स्वास्थ्यमा काम गर्दे आईरहदा र यस लाई थप मजबुद बनाउदैै जादा पछिल्लो समय यौन कचहरी कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।
कर्णालीको हिमाली जिल्ला मुगुमा विगत ५ वर्ष देखि यौन तथा प्रजनन् मात्र नभई स्वास्थ्य क्षेत्रमा काम गर्दे आईरहदा नागरिक माझ तथा रेडियो श्रोताका साथ उत्तिकै फड्को मार्न सफल भएको कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र मुगुका अध्यक्ष अज बहादुर शाहीले जानकारी गराउनु भएको छ ।
उहाका अनुसार यो रेडियो कार्यक्रम एस.आर.एच.आर कचहरी कार्यक्रम सञ्चालन गरे पछि किशोरकिशोरीहरु लाई एक ईटामा अर्को ईटा थपे जस्तो भएको जानकारी गराएका छन् । विगतका दिनहरुमा यौन तथा स्वास्थ्य उपचार लिन डराउने किशोरकिशोरीहरु आज भोलि आफैनै स्वयम गई यसको बारेमा चिकित्सक तथा सम्बन्धित निकाय सँग सवाल जवाफ गर्न सक्ने भएका छन् ।
गाउ घरको परम्परा अनुसार यस्ता कुरा गर्दा लजाउने यस्तो कुरा गर्न थाले पछि यहाका मानिसहरुले हिनता बोध गराउने जस्ता संकल्पहरु झेल्नु पथ्र्यो तर आज भोलि यस्ता किसिमका लजालु पन बाट टाढा रहेको र आफै सोझै एक आपसमा यसको विषयमा खण्डन गर्न सक्ने भएको अध्यक्ष शाहीको भनाई रहेको छ ।