कर्णाली ग्रामिण उत्थान तथा समाज बिकास केन्द्र (सिडिएस पार्क ) ले अन्तराष्ट्रिय किशोरी दिबसको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गरी अन्तराष्ट्रिय किशोरी दिबश मुगु जिल्लामा पहिलो पटक मनाएको छ । दिवसको अवसरमा कचहरी कार्यक्रम गरी दिबश मुगुमा मनाउन सन्देश दिनु पर्छ भन्ने उदेश्यका साथ कचहरी कार्यक्रमको आयोजना गरि अन्तराष्ट्रिय किशोरी दिबस राराको मुर्माटपमा मनाईएको हो ।
दिबसको अबसरमा नेपालको सबैभन्दा ठुलो ताल तथा कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल रारालातको मुर्माटपमा अन्तराष्ट्रिय किशोरी दिबसको अवसरमा यौन तथा प्रजनन अधिकारका बिषयमा कचहरी गरीएको छ । अन्तराष्ट्रिय किशोरी दिबश बिश्वभरी मनाईने भएको भएपनि मुगुमा कसैलाई थाहा नहुने हुदाँ दिवशको बारेमा सन्देश दिन राराको मुर्माटपमा कचहरी कार्यक्रमको आयोजना गरी दिवश मनाईएको आयोजक संस्था कर्णाली ग्रामिण उत्थान तथा समाज बिकास केन्द्र (सिडिएस पार्क ) मुगुका अध्यक्ष अज बहादुर शाहीले जानकारी दिए ।