Skip to content
CDS-PARK MUGU
facebook
CDS-Park Nepal
Call Support +977-087-460009
Email Support cdsparknepal@gmail.com
Location Chhayanath Rara-2, Mugu
  • Home
  • About
    • Board Members
    • Targeted Group
  • Organogram
  • Resources
    • Important Links
    • Media Coverage
  • Past program
  • Gallery
  • Notice
  • News
  • Contact

सुरक्षित गर्भपतनका लागि जनचेतनाको आवश्यकता

Home > Events > सुरक्षित गर्भपतनका लागि जनचेतनाको आवश्यकता

सुरक्षित गर्भपतनका लागि जनचेतनाको आवश्यकता

Posted on November 16, 2018November 16, 2018 by cdspark
0

सुर्खेत । जनचेतना, शिक्षा र विकासको अभावले समाजमा असुरक्षित गर्भपतन हुने गरेको र यसलाई रोक्नका लागि राजनिति दलका युवाहरुको सक्रिय र महत्वपुर्ण भुमिका हुनुपर्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । विहिबार वीरेन्द्रनगरमा सिडिएस पार्कको आयोजनामा भएको सुरक्षित गर्भपतनका मुल्य र मान्यताहरु बारे राजनिती दलका युवा भातृ संगठनहरुसंग अन्तक्रिया कार्यक्रमका सहभागिहरुले सो कुरा बताएका हुन् ।

कार्यक्रममा कर्णाली प्रदेशका १० जिल्लाका राजनिति दलका युवाहरुले ग्रामिण समुदायमा हुने गरेका असुरक्षित घटनाहरुलाई रोक्न र जनचेतना फैलाउनका लागि आफुहरुले जुनसुकै तरिका अपनाउने प्रतिवद्धता व्यक्त गरे । विशेषगरी ग्रामिण समुदायमा मात्रै नभएर शहरमा पढेलेखेका व्यक्तीहरुबाटपनि असुरक्षित गर्भपतन हुने गरेको उनिहरुको धारणा छ । राजनिति दलका युवाहरुले आर्थिक अभाव, भौगोलिक विकटता, र संकुचित सोचका कारणले गर्दा धेरैजसो असुरक्षित गर्भपतनका घटनाहरु हुने गरेको उल्लेख गरे ।

कार्यक्रममा राइट हिएर राइट नाउ नेपालका प्रमुख सन्तोष भण्डारीले कर्णाली प्रदेशका ग्रामिण समुदायमा गएर चेतनाको अभिवृद्धि गरी समानतामुलक समाजको निर्माण गर्ने बताए । उनले ग्रामिण समुदायको समुन्नत विकास तथा समाजिक न्यायका लागि समाजिक, आर्थिक र शैक्षिक पक्षबाट पीडित वर्गलाई सचेत, संगठित र सहभागी गराउँदै सुशासन, स्थायी शान्ति र विकास एंव सकरात्मक सामाजिक परिवर्तन उन्मुख कार्यक्रम बनाएर कार्य गरिने जानकारी दिए ।

सिडिएस पार्कका अध्यक्ष अजबहादुर शाहीले असल शासन, मानवअधिकार र कानुन संरक्षण र सम्बद्र्धन गरि मानव अधिकारको चेतना सर्वसाधारण समक्ष पु¥याएर अधिकारबाट बञ्चित समुदायलाई अधिकार दिलाउन प्रयत्न गरिने कार्यक्रमको उदेश्य रहेको बताए । उनले असुरक्षित गर्भपतन रोक्नका लागि ग्रामिण समुदायमा चेतनामुलक शिक्षा, तालिम, अभियान र विकासका कार्यक्रमहरु सञ्चालन गरिने बताए ।

News Link: http://khabarera.com/2018/11/71902?fbclid=IwAR0S91x4ivmDHNreV_79B7upiOEm8niMPObl5dIHcVdh67X_j7X4DsxBpxg

Recent

  • मुगूमा रेडियो कार्यक्रम एस.आर.एच.आर कचहरी
  • किशोरी दिवसको अबसरमा रारामा कचहरी
  • किशोरी दिवसका दिन रारातालमा कचहरी
  • अन्तराष्ट्रिय किशोरी दिबश मुुगुु जिल्लामा पहिलो पटक मनाईयो
  • सामाजिक रुपान्तरणका लागि पैरवी गर्दै मुगुका अजबहादुर शाही
Developed by | WordPress Theme: Enlighten