कात्तिक ३०सुर्खेत।असुरक्षित गर्भपतन न्युनिकरणकालागि विधालय स्तरकै पाठ्यक्रममा स्वास्थ्य शिक्षालाई समावेश गर्नुपर्ने कर्णालीका युवा नेतृत्वले जोड दिएका छन् ।निति र कानुन बने पनि कार्यान्वयन हुन नसक्नुले अझै पनि असुरक्षित गर्भपतन गर्नेहरुको सँख्यामा कमि आउन नसकेको भन्दै युवाहरुले विधालय तहकै पाठ्यक्रममा स्वास्थ्य शिक्षालाई जोड दिनुपर्ने बताएका हुन् ।कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र मुगुले कर्णालीका १० जिल्लाका राजनितिक दलका भातृ संगठनका युवा नेताहरु सँग वीरेन्द्रनगरमा गरेको सुरक्षित गर्भपतनका मुल्य मान्यताहरुबारे अन्तरक्रियामा युवाहरुले ग्रामिण भेगमा स्वास्थ्य शिक्षा प्रदान गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताएका हुन् ।अन्तरक्रियामा नेविसंघका अनिलबहादुर शाहीले असुरक्षित गर्भपतनका घटना न्युनिकरणकालागि प्रदेश सरकारले कडा कानुन बनाउनुपर्ने बताउनु भयो ।कार्यक्रममा महेन्द्र कार्कीले शहरकै शिक्षित व्यक्तिहरुले पनि असुरक्षित गर्भपतन गरिरहेको भन्दै कतिपय अवस्थामा पारीवारीक दबाबले पनि गर्भपतन हुने बताउनु भयो ।नेविसंघका धिरेन्द्र सापकोटाले आर्थिक अभाव, भौगोलिक विकटता, र संकुचित सोचका कारणले गर्दा धेरैजसो असुरक्षित गर्भपतनका घटनाहरु हुने गरेको बताउनु भयो ।कार्यक्रममा राइट हिएर, राइट नाउ नेपालका सन्तोष भण्डारीले कर्णाली प्रदेशमा ग्रामिण समुदायको विकास तथा समाजिक न्यायका सबै पक्षलाई शिक्षित बनाउनुपर्नेमा जोड दिनुभयो ।कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र मुगुका अध्यक्ष अजबहादुर शाहीले असुरक्षित गर्भपतनका घटनामा न्युनिकरण गर्नकालागि परिवार नियोजनका अस्थायी साधनहरुको बारेमा कर्णालीका सबै नागरिकलाई बुझाउनुपर्ने आवश्यकता औल्याउनु भयो ।
News Link: http://radiobheri.com.np/%E0%A4%85%E0%A4%B8%E0%A5%81%E0%A4%B0%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%BF%E0%A4%A4-%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%AD%E0%A4%AA%E0%A4%A4%E0%A4%A8-%E0%A4%A8%E0%A5%8D%E0%A4%AF%E0%A5%81%E0%A4%A8%E0%A4%BF/?fbclid=IwAR2D64_n60nJYtHbkn3AfHdHeIKk6wSrEfsaerNO7sGIowKHQkNUfkn-dXI